२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

काठमाडौँबाट प्रसुति गृहकी डाक्टर बबिता शाहकी दुई वर्षीया छोरीकाे अपहरण

११ माघ, काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट बालिकाको अपहरण भएको छ । थापाथलीस्थित प्रसुति गृहकी डाक्टर बबिता शाहको दुई वर्षीया छोरीको शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित आफ्नै घरबाट अपहरणमा परेकी छन् ।

 

प्रहरीले केहीवेर अघि बालिकाको सकुशल उद्दार गरेको छ भने अपहरणकारी फरार भएका छन् । प्रहरीका अनुसार जनकपुरका मनिषकुमार गुप्ताले बालिकाको अपहरण गरेका थिए । आर्थिक लेनदेनका कारण उनको अपहरण भएको प्रहरीले जनाएको छ ।

बालिकालार्इ गौशलाको होटल गणेश अगाडिबाट उद्दार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बालिकालाई राखेको ठाउँमा घेरा हालेपछि बालिकालाई छाडेर गुप्ता भागेका थिए । प्रहरीले उनको खोजिकार्य जारी राखेको छ ।

प्रकाशित मिति : 16:49