२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बैंकका ४५ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २५ शाखा कार्यालयमा आगजनी तथा तोडफोड

२६ भदौ, काठमाडौं। गत मंगलबार भएको जेनजीको आन्दोलनका क्रममा थुप्रै बैंकको शाखा, एक्सटेन्सन काउन्टर तथा एटिएममा तोडफोड तथा आगजनी भएको छ ।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार कुल ४० वटा एक्सटेन्सन काउन्टर, २५ वटा शाखा कार्यालय र ४५ एटिएमहरूमा तोडफोट तथा आगजनी गरीएको छ। भाटभटेनी सुपरमार्केटसँगै धेरै जसो एटीएम जलेका र तोडफोड भएका छन्। साथै, सरकारी कार्यालयहरुमा रहेका अधिकांस एक्सटेन्सन काउन्टरहरुमा आगजनी तथा तोडफोड भएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १७:३४