२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तीन दिनदेखि सम्पर्कबिहीन रहेका चार पर्वतारोही सम्पर्कमा, उद्धार गरी काठमाडाैँ ल्याइदै


११ माघ, काठमाडाैँ । हिमपातका कारण तीन दिनदेखि सम्पर्कबिहीन बनेका चारजना पर्वतारोही सम्पर्कमा आएका छन् । उनीहरूलाइ पदयात्रामा लैजाने ट्रेकिङ कम्पनी आईएएम ट्रेक्स प्रालिका प्रबन्धक फुनुरु शेर्पाका अनुसार संखुवासभामा पर्ने मकालु आधार शिविरबाट सम्पर्कविहीन बनेका खुम्बु पासमङल्हामु गाउँपालिका १ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा याङली भन्ने ठाउँबाट सम्पर्कमा आएका हुन् ।

उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।उनीहरु बिहीबार साँझ स्याटलाइट फोनमार्फत सम्पर्कमा आएको बताइएको छ । उनीहरुलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ ल्याउने तयारी भएको प्रबन्धक शेर्पाले बताए । ३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत उनीहरुले कम्पनीलाई गराएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ०८:४७