१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

कांग्रेसले केसीकाे अनसनलाई उचाल्योः सञ्चारमन्त्री बाँस्कोटा

१० माघ, काठमाडाैँ । कांग्रेसहरूले डाक्टर गोविन्द केसीकाे अनसनलाई उचालेकाे सूचना तथा सञ्चार  प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अाजकाे मन्त्रीपरिषदकाे बैठकमा बताएका छन् ।  मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले नागरिकमुखी चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै डाक्टर गोविन्द केसीकाे आन्दोलनको अर्थ नभएको जनाएको छन् ।

संसदबाट अब विधेयक फिर्ता हुने कल्पना पनि गर्न नसकिने भन्दै उहाँले विधेयक पास हुने ठोकुवा गर्नुभयो । लोकतन्त्रमा संसदको बहुमतको सम्मान हुने भन्दै चिकित्सा शिक्षा विधेयकको टुंगो संसदले लगाउने पनि बाँस्कोटाले बताएका छन् ।

प्रवक्ता बाँस्कोटाले डाक्टर केसीले नै विधेयक नपढेको हुनसक्ने भन्दै केसीलार्इ विधेयक पूरै पढ्न  आग्रह गरेका छन् । केसीको अनसनलाई कांग्रेसले राजनीतिकरण गरेको भन्दै प्रवक्ता बाँस्कोटाले संसदमा हुलहुज्जत गर्ने र सभामुखलाई घेराबन्दी गर्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन् ।

प्रकाशित मिति : January 24, 2019 at 5:57 pm