२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कतार र यूएई पनि नेपालमा लगानी गर्न इच्छुक

१० माघ, काठमाण्डाै  । नेपालमा निर्माणका लागि ठूलो विदेशी लगानी नभई नहुने निष्कर्षसहित सरकारले विशेष महत्व दिएर आउँदो चैतको १५ र १६ गते काठमाण्डाैमा  अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरेकाे छ । लगानी सम्मेलनकोलागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ ।

चैतमा हुने सम्मेलनको लागि सरकारले छिमेकी देश भारत, चीनदेखि युरोप र अमेरिकी देशका उद्योगी व्यापारीलाई निम्ता पठाउन सुरु गरेको छ । सरकारले यसपटक मध्यपूर्वका देशलाई पनि लगानी सम्मेलनमा उच्च महत्व दिएर बोलाउने भएको छ ।

‘अहिलेसम्म  चार सयभन्दा धेरै उद्योगी व्यापारीलाई निम्ता गरिसकेकाे र केहीलाई पठाउने क्रममै भएकाे लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताएका छन् । यस पटकको सम्मेलनलाई राष्ट्रिय विकासको कोशेढुंगाको रुपमा हेरीएकाे र त्यसैअनुसार भव्य तयारी भैरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : 16:25