बैंकबाट ऋण मिलाइदिन्छु भन्दै घुस खाने प्राधानाध्यापक प्रभु गिरी पक्राउ
१० माघ, वीरगञ्ज । पर्सामा एकजना प्राधानाध्यापक १२ हजार घुससहित पक्राउ परेका छन् । छिपहरमाई गाउँपालिका-४ तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापक प्रभु गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले नियन्त्रणमा लिएको हो ।
कृषि विकस बैंकबाट ऋण मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित गिरीलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय हेटौंडाले जनाएको छ ।
प्रकाशित मिति : 15:50









