एनएमबि बैंकको करिब ६ लाख कित्ता सेयर बिक्रीमा
२२ भदौ, काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेयर बिक्रीमा राखिएको छ । बैंकले आजदेखि विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १०:१६












