७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सर्वसाधारणलाई हैरानी दिएको भन्दै काठमाडौँबाट ३३ जना पक्राउ

१९ भदाै, काठमाडाैं । काठमाडौँको बल्खुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई हैरानी दिएको भन्दै प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा काभ्रेका गोमन सिंह तामाङ, मकवानपुरका बिकास वाईबा, अमिर तामाङ, सुवास बिष्ट, सुनिल पौडेल, आकाश लामा, हरीकुमार बोम्जन, चितवनका बिकास श्रेष्ठ, उदयपुरका अर्जुन थापा, नवराज बस्नेत, जिवन बिक, सन्तोष तामाङ, सुरज मगर, प्रदीप बिक, तनहुँका राम गुरुङ, सप्तरीका सन्तोष पाल, दोलखाका अनिल बस्नेत, पासाङ शेर्पा, सर्लाहीका अनिल मगर, प्रतिक लामा, दुर्गा बहादुर बल, बारा र आसपासका बिक्रम लामा, रमेश महत्व, रोशन तामाङ, रोजन मगर, प्रेम बहादुर सुनुवार, सिद्द बहादुर राना मगर, ललितपुरका राजमान राई, गौतम गिरी लगायत रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुले बुधबार साढे ८ बजे बल्खु वरपरका सार्वजनिक स्थानमा ट्याक्सी रोक्ने, यात्रुहरूलाई जबरजस्ती ट्याक्सीबाट निकालेर आफूले चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटोमा हिँडिरहेका सर्वसाधारणलाई सामान र झोला तान्ने तथा गाडीमा नचढेमा अश्लील शब्द प्रयोग गरी हैरानी दिने कार्य गरेका थिए।

घटनापछि पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : September 4, 2025 at 5:31 pm