६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

नेपाल एसबिआई बैंकलाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ का तीन प्रतिष्ठित उपाधि

१७ भदाै, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बैंकिङ उत्कृष्टताको पहिचान स्थापित गर्दै इण्डियन च्याम्बर अफ कमर्शले प्रदान गर्ने तीनवटा प्रतिष्ठित पुरस्कार हात पारेको छ।

भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले ‘बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट’, ‘बेस्ट बैंक’ तथा ‘बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी’ उपाधिहरू ग्रहण गर्नुभयो।

यी पुरस्कारहरूले नेपाल एसबिआई बैंकको जोखिम व्यवस्थापनमा देखाएको उच्चस्तरीय अभ्यास, सञ्चालन उत्कृष्टता, सम्पत्ति गुणस्तर कायम राख्ने निरन्तर प्रयास तथा ग्राहकमैत्री सेवा प्रवाहप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको जनाइएको छ।

नेपाल एसबिआई बैंक लिमिटेडले गत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल यस बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : September 2, 2025 at 11:42 am