२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एनआईसी एशिया बैंकले १५० ऋणीको धितो लिलाम गर्दै, निकाल्यो ७ दिने सूचना

१६ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकले १५० जना ऋणीको धितो लिलाम गर्ने भएको छ । बैंकले ऋण नतिर्ने १५० जना ऋणीको धितो लिलाम गर्न ७ दिने सूचना जारी गरेको छ । बैंकले यसअघि पनि सूचना जारी गरेको थियो । यसअघि धितो लिलामको लागि १५ दिने सुचना प्रकशित गर्दा बिक्री हुन नसकेपछि पुन ७ दिनका सूचना प्रकाशित गरेको हो।

दोस्रो पटक सूचना प्रकाशित भएको ७ दिनमा पनि उक्त धितो लिलामी हुन नसकेमा बैंकले गैर बैकिङ सम्पतिमा सकार्नुपर्ने हुन्छ । ऋणीलाई ऋण तिर्न पटक पटक मौखिक सूचना र ऋण तिर्ने ३५ दिन सूचना प्रकाशित गर्दा पनि ऋण नतिरेपछि यसअघि नै धितो लिलामको १५ दिने सूचना प्रकाशित गरिसकेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १६:३७