कैलालीमा छोराले गरे आफ्नै बुबाको हत्या
९ माघ,कैलाली । टिकापुर नगरपालिका ६ लक्षिनापुर बस्ने २२ वर्षीय छोरा राजु चौधरीसँग सोमबार बेलुका घरायसी विवादको क्रममा बेहोस भएका ३८ वर्षीय बुवा जीतबहादुर चौधरीको मंगलबार बेलुका मृत्यु भएको छ ।

विवादको कारण छोरा राजुले धकेल्दा ढोकामा ठोक्किन गई बेहोश भएका जितबहादुरलाई टिकापुर अस्पताल लगेकोमा थप उपचारको लागि नेपालगंज रिफर गरे पनि घरमै ल्याई राखेको अवस्थामा मृत्यु भएको हो । छोरा राजु चौधरीलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : 16:35









