एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना
१५ भदौ, काठमाडौं । एनआ सी एशिया बैंकले ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्य अनुरुप ‘एनआई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको हो ।
‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुने बैंकले जनाएको छ ।

न्यूनतम रू। ५० लाखदेखि अधिकतम रू. ३ करोडसम्म प्रदान गरिने यस एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । सहजकर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।
घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १८:०७












