२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

१५ भदाै, काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्मका लागि लागू हुनेछ ।बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ११:०७