२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

१३ भदाै, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । बैंकको भदौं १३ गते बसेको संचालक समिति बैंठकले सेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना सेयरधनिहरूलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १९:२३