काठमाडौंमा पानी झर्याे, चन्द्रागिरीमा हिउँ पर्याे
९ माघ,काठमाडौं । मौसममा आएको बदलीका कारण आज काठमाडौं उपत्यकामा पानी परेकाे छ भने चन्द्रागिरीमा हिउँ झरेकाे छ । ठमाडाैं लगाएत देशका मध्य र पश्चिमका अधिकांश भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ ।

पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले बताएकी छिन् । उनका अनुसार बुधबार बिहानको मापन अनुसार काठमाडौमा सवैभन्दा बढी वर्षा भएको छ । त्यस्तै पूर्वका उच्च हिमाली क्षेत्रमा बर्षासहित हिमपात समेत भएको छ ।देशका अधिकांश भागमा वर्षा भएपनि तापक्रममा भने खासै परिवर्तन नआएको विभागले जनाएको छ ।

प्रकाशित मिति : 10:48









