२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सिटिजन्स बैंकको १ लाख कित्ता बढी सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१२ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

जसमध्ये ५४ हजार ८११.५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ  ।सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ भने संस्थापकका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ ।

सर्वसाधारणले उक्त सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ । भने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र  आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १०:१२