७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एमाले नेता डिमप्रकाश पाैडेल कृषि विकास बैंकको अध्यक्षमा चयन

११ भदाै, काठमाडाैँ । कृषि विकास बैंकको अध्यक्षमा एमाले नेता डिमप्रकाश पाैडेल चयन हुनुभएको छ । बैंकको सञ्चालक समिति बैठकले अध्यक्षमा पौडेललाई  चयन गरेको हो ।

एमालेको उद्योग व्यवसायी महासंघको उपमहासचिव समेत रहनुभएको पाैडेल बुधबार अध्यक्षमा चयन हुनुभएको हो । यसअघि अर्थ मन्त्रालयले पाैडेललाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको थियो ।पाैडेलले यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धक हुनुभएको थियो ।

प्रकाशित मिति : August 27, 2025 at 10:53 am