१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

न्यायाधीशले भिएलएनका राम श्रेष्ठसँग कसरी र कति घुस खाए भन्नेबारेमा छानविन हुने

८ माघ, काठमाडाैँ । रोजगारीका लागि मलेसिया जाने युवाहरूलाइ ठग्ने भिएलएनका राम श्रेष्ठलाई घुस खाएर छाडेको अारोपमा कारबाहीमा परेका एक न्यायाधीश माथि थप छानविन र कारबाही हुने भएको छ । घुस लिएर न्याय सम्पादन गरेको  भन्दै  ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयमाथि थप छानबिन गर्न सर्वोच्चका न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन भएको हो।

सोमबार बसेको न्याय परिषदको बैठकले न्यायाधीश डा आनन्दमोहन भट्टराईको नेतृत्वमा छानविन समिति गठन गरेको हो । समितिले उनले कसरी र कति घुस खाए भन्ने विषयमा समेत अनुसन्धान गर्ने बुझिएको छ । आत्रेय यसअघि न्यायपरिषद् सचिवालयमा तानिएका थिए । उच्च अदालतमा श्रेष्ठ स्वयंले पुनरावेदन गरेको अवस्थामा कसरी त्यसलाई बेवास्ता गर्दै जिल्ला अदालतले फैसला गर्‍यो भनी परिषद्ले अध्ययन गरिरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले न्यायाधीशमाथि निगरानी राख्न गठन गरेको संयन्त्रको प्रतिवेदनपछि आत्रेयलाई कारबाही स्वरुप काजमा सचिवालयमा तानेको थियो। संयन्त्रको कारबाहीमा पर्ने उनी पहिलो न्यायाधीश थिए।

प्रकाशित मिति : January 22, 2019 at 2:24 pm