१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

नक्कली नागरिकता र लाइसेन्स बनाउने काठमाडाैँ नेपालटारका विपुन श्रेष्ठ पक्राउ

८ माघ, काठमाडाैँ । प्रहरीले नक्कली नागरिकता र लाइसेन्स बनाउने काठमाडाैँ नेपालटारका विपुन श्रेष्ठलाइ पक्राउ गरेको छ । विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रदेखि सवारी अनुमति पत्र, नागरिकतासमेत नक्कली बनाउने उनी सोमबार साँझ पक्राउ परेका हुन । पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका नेपालटार बस्ने विपुन श्रेष्ठ रहेका छन ।

उनले  चलाएको मनमैजुमा रहेको उग्रचण्डी साइबरमा प्रहरीले छापामारी नक्कली सर्टिफिकेट, नक्कली डकुमेन्ट बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राइभसमेत बरामद गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। उनीमाथि किर्ते अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : January 22, 2019 at 1:56 pm