समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई स्वतः एक तह बढुवा
८ माघ, काठमाडौँ । समायोजनमा प्रदेश रोज्ने नेपाल प्रहरीलाई एक तह बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन तयार भएको छ । योसँगै नेपाल प्रहरीसँग सम्बन्धित तीनवटा विधेयक तयार भएको छ ।
त्यसमध्ये एउटा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक रहेको छ । गृह मन्त्रालयले प्रहरीको समायोजन विधेयक तयार गरी संसद्मा पेस गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि केही दिनभित्रै संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन । निजामति कर्मचारीलाइ समायोजनमा जाँदा स्वत एक तह बढुवा दिन अस्वीकार गर्दा कर्मचारी आन्दोलित बनेका थिए । सरकारले प्रहरीले त्यस्तो अवस्था नआआस भनेर सुरूमै एक तह बढुवाको प्रस्ताव राखेको छ ।
प्रकाशित मिति : 09:18









