२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

१० लाख धरौटी बुझाएर पूर्व गभर्नर तिलक रावल बाहिरिए 

७ माघ, काठमाडौं । १० लाख धरौटी बुझाएर पूर्व गभर्नर तिलक रावल बाहिरिएका छन् । पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर रावल थुनामा परेका थिए । सोमबार विशेष अदालतमा हाजिर हुन अाएका रावललार्इ  अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा रावल  हाजिर हुन आएका थिए । रावलको बयान र थुनछेक बहसपछि विशेष  विशेष अदालतमा रजिष्ट्रार भीम श्रेष्ठका अनुसार सोमबार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर बाहिरिएका हुन् ।

अख्तियारको मुद्दा दायर गर्दा रावलसहित अन्य आरोपी फरार रहेको उल्लेख गरेपछि विशेष अदालतले उनीहरुलाई १५ दिनभित्र हाजिर हुन म्याद पठाएको थियो । रावल म्यादभित्रै विशेषमा हाजिर भएका हुन् ।

प्रकाशित मिति : 18:13