२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रवि लामिछानेकाे चाैँथाे श्रीमतीकाे रूपमा निकिता पौडेलकाे प्रवेश, अदालतमा गरे बिबाह

७ माघ, काठमाडौं । पत्रकार रवी लामिछानेले अाज अदालतमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनले अाफुले निकिता संग विवाह गरेकाे कुरा अाफ्नाे फेसबुक स्टाटस मार्फत जानकारी गराएका छन् । केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता यसअघिका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् ।

काठमाडौं जिल्ला अदालतमा सोमबार विवाह गरेका रवीले सामाजिक सञ्जालमा यस्ताे स्टाटस लेख्दै अाफ्नाे व्यक्तिगत जीवनले नयाँ मोड लिएको उल्लेख गरेका छन् ।

यस्ताे छ उनकाे स्टाटस ः

‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छाैं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’

उनले परम्परागत रुपमा आफूहरुले आउँदो बैशाखमा बिवाह गर्ने पनि बताएका छन् । उनले बिबाहको निर्णयबाट दुबैजना खुशी रहेको बताएका छन् ।

प्रकाशित मिति : 17:37