२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सीता दाहालकाे स्वास्थमा सुधार 

७ माघ, काठमाडौं  ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालकाे स्वास्थमा सुधार अाएकाे छ । श्रीमती दाहालकाे ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको हो । डाक्टर युवराज शर्माले दाहालको स्वास्थ्यमा हिजोको तुलनामा आज सुधारउन्मुख देखिएको जानकारी दिएका हुन् । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको हाे  ।

अस्पताल स्रोतका अनुसार सन्तान वियोगको पिडामा रहेकी दाहालमा कमजोरीपन पनि रहेकाले पछिल्लो बिरामीले थप स्वास्थ्यमा असर पर्न नदिन हाइ अलर्ट केयरमा राखेर उपचार गरिएको हो । अस्पताल स्रोतका अनुसार दाहालको रिपोर्ट आउने क्रममा रहेको र स्वास्थ्यमा केही सुधारआएकाले डिस्चार्ज गर्न अझैं केही दिन लाग्नेछ ।

प्रकाशित मिति : 13:38