२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

चितवनमा एक बालिका बलात्कृत, अर्की बालिकामाथि कुटपिट

७ माघ, चितवन । चितवनमा एक बालिका बलात्कृत भएकी छिन । अर्की एक बालिका घाइते भएकी छिन । बलात्कृत र कुटपिटमा परेकी दुबै बालिकाको चितवनको भरतपुर अस्पतालमा उपचार भएको छ । बलात्कृत हुने र घाइते हुने दुबै चेपाङ बालिका हुन । काठमाडाैँमा पढ्दै गरेका बालिकाहरू जोडो विदाको समयमा घर गएका थिए । .

सोही समयमा घर नजिकैको जंगलमा अपरिचित व्यक्तिले बलात्कार गरेको प्रहरीले जनाएको छ । धादिङको गोठी बजार गएर फर्कनेक्रममा १६ वर्षीया बालिका बलात्कृत भएको र अर्की १० वर्षीया बालिका कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ । १० वर्षीय बालिकालाइ कुटपिट गर्दै लेखेटेर १६ वर्षीय बालिकालाइ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

चेपाङ बालबालिकाको लागि काम गरिरहेको मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार  गत मंगलबार बिहान २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि लगिएको बताएका छन । बलात्कृत बालिका विक्षिप्त रहेको र अर्की बालिकाको हात नचल्ने समस्या रहेको उनले बताए ।

प्रकाशित मिति : 09:23