२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

१ भदाै, काठमाडाैं । काठमाडाैं महानगरपालिका–२२,न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यससँगै प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोन मा ५ प्रतिशत र म्याकबुकका एक्सेसरीहरुमा २० प्रतिशत छुट पाउने भएका छन् ।यसका साथै क्रेडिट कार्डहोल्डरहरुले इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवा सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षर गरे ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १४:३८