२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा

१ भदौ, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको केही कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के कति दरमा खरिद गर्ने हो उल्लेख गरी ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १०:०५