२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेकपाका नेता पशुपति चौलागाईलाई पितृ शोक

६ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा दोलखा २ का प्रदेशसभा सदस्य पशुपति चौलागाईका पितृ शोक परेको छ ।नेता चौलागाईका पिता  चन्द्रप्रसाद चौलागाईको अाइतबार निधन भएको छ । दोलखाली कम्युनिस्ट आन्दोलनका अभिभावक समेत रहेका  चौलागाईको ८६ बर्षको उमेरमा अाइतबार बिहान निधन भएको हो ।

लामो समयदेखि स्वासप्रश्वासको समस्याबाट पीडित चौलागालाई घरमै सात बर्षदेखि अक्सिजन दिएर राखिएको थियो । स्वर्गीय चाैलागाइँको अाइतबार नै पशुपति अार्यघाटमा अन्त्येष्टि गरिएको छ। स्वर्गीय चौलागाईका तीन छोरा पशुपपति, कुमार र हेमन्त) तथा दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : 00:57