प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखराको मेडिप्लस हस्पिटलमा २५ प्रतिशतसम्म छुट
३० साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट पाउने भएका छन्।
बैंक र उक्त हस्पिटलबीच साउन २९ गते भएको सम्झौता अनुसार बैंकमा खाता भएका ग्राहक र बैंकमा कार्यरत कर्मचारीहरूले विशेष छुट पाउने भएका हुन्।

उक्त सहमतिपत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजु राना मगर र हस्पिटलका तर्फबाट अध्यक्ष आनन्द भट्टराईले संयुक्त हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले बैंकको डेबिट/क्रेडीट कार्ड तथा अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरूमा १० प्रतिशत देखी २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्।

विशेष गरी बैंकका ग्राहक र कर्मचारीलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छूट उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ।
प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १६:०८












