सशस्त्रका एसएसपी गणेश ठाडाले पदीय मर्यादा बिर्सिएर पूर्वराजा ज्ञानेन्द्रलाई यसरी गरे गाली
६ माघ, काठमाडाैँ । सुरक्षा निकायमा काम गर्ने अधिकृतहरू पछिल्लो समय अनुशासनहिन बन्दै गएका छन । राजनीतिक पक्षधरता लिने र बिहान र रातिको समयमा नेताको दैलो चाहर्ने प्रवृति बढेसँगै प्रहरी अधिकृतहरूमा छाडा संस्कृति पनि मैलाएको छ । चेन अफ कमाण्डमा रहनुपर्ने सुरक्षाकर्मीहरू राजनीतिक अास्थाका अाधारमा सामाजिक सञ्जालमा गलत अभिव्यक्ति र टिप्पणी सार्वजनिक गर्न थालेका छन ।
पछिल्लो पटक केहीदिन अघि एउटा समाचारको विषयमा सामाजिक सञ्चाल फेसबुकमा अापत्तिजनक प्रतिक्रिया दिँदै एक सशस्त्र प्रहरीका एसएसपीले पूर्व राजा ज्ञानेन्द्र शाहका बारेमा टिप्पणी गरेका छन । सशस्त्र प्रहरीभित्र भ्रष्ट छवि भएका अधिकृत भनेर समेत चिनिएका गणेश ठाडाले ज्ञानेन्द्र बारेको समाचरमा टिप्पणी गर्दै लेखेका छन, ‘छदाँखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरूको झर्ला र खाउँला भन्ने अाशमा बस्नु…. मनको लड्ड घिउ’ ।

सशस्त्र प्रहरीले सामाजिक सञ्चाजलमा राजनीतिक अस्था नदेखाउन र अनावश्यक टिप्पणी नगर्न गरेको परिपत्र समेतको वेवास्ता गर्दै ठाडाले यस्तो प्रतिक्रिया दिएपछि जुनियर अधिकृतहरू राजनीतिक संरक्षण पाएकाले चाहिँ जे गरेनी हुने रहेछ भन्दै कानेखुशी गर्न थालेका छन । सशस्त्र प्रहरीको अान्तरिक परिपत्र समेतको विपरित हुनेगरी सार्वजनिक टिप्पणी गर्ने ठाडा तीनै हुन जसको नेतृत्वमा राजस्वछलीको सामान नेपाल भित्राउन खोज्दा नेपाल प्रहरीसँग झडप भएको थियो ।
२०७० साल साउन १७ गते राति ठाडाले राजस्व छलीको सामान भन्सारबाट पास गराउन खोज्दा रोक्न खोज्ने नेपालप्रहरीका निरीक्षकसहित तीन जनामाथि सांघातिक अाक्रमण गराएका थिए । डाडा सीमा सुरक्षा कार्यालय पर्साका प्रहरी उपरीक्षक रहेका थिए । उनैको निर्देशनमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रहरी निरीक्षक बरूणसिंह थापासहित तीन जना घाइते भएका थिए ।
ना. २ ख ४९२ नम्बरको मालवाहक ट्रकमा भन्सारछली ल्याउँदै गरेको समाना नेपाल प्रहरीले समात्दा उनको निर्देशनमा सशस्त्र प्रहरीको टोलीले आफ्नो इलाका भन्दै सशस्त्र प्रहरी राजस्व गस्ती सीमा सुरक्षाबलले सो ट्रकलाई ‘हामी लिएर जान्छौं’ भन्दै अवरोध गरेका थिए । त्यसपछि उनीहरूले नेपाल प्रहरीका निरीक्षक सिंहसहित तीन जनालाइ कुटपिट गरेका थिए ।

त्यतिखेर मूल भन्सारबाट छोडिएको सो हरिनारायण गुप्ताको ट्रकलाई नेपाल प्रहरीले रजत जयन्ती चोकदेखि दुई सय मिटर उत्तर लालगोदामअगाडि पक्राउ गरेको थियो । राजस्व चोरी नियन्त्रणका लागि सीमामा खटाइएको सशस्त्र प्रहरीले छोडेको सो ट्रकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि बेइज्जत हुने डरले ठाडाले ट्रकसहित चालकलाई भगाउन खोज्दा विवाद भएको थियो । पछि उनले अाफ्ना विरूद्धमा समाचार नलेख्न भन्दै लगत्तै पर्साका झण्डै १५ जना पत्रकारलाइ मदिरासहितको भोज खुवाएका थिए । उक्त भोजको र झडपको बारेमा तत्कालीन अवस्थामा माउण्टेन टेलिभिजनले विशेष रिपोर्ट प्रस्तुत गरेको थियो ।
यसैबीच सशस्त्र प्रहरीका एसएसपी गणेश ठाडाले राजसंस्थालाइ गाली गर्ने र अपमान गर्ने कुनै उद्देश्य नरहेको बताएका छन । समाचार प्रकाशित भएपछि दैनिकीसँग कुरा गर्दै ठाडा राजसंस्थाप्रति अाफ्नो गहिरो सम्मान रहेको बताएका छन । उनले वीरगञ्जमा रहँदा समेत अाफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन ।
प्रकाशित मिति : 22:36









