२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कांग्रेसको एजेण्डा बोक्दा डा केसीको अनशन अर्थहिन, चिकित्सा शिक्षा विधेयक आज पारित हुने

–पवित्रा मुडभरी 

६ माघ, काठमाडौँ । राज्यकोषबाट तलब खाएर कामै नगरी नेपाली कांग्रेसको एजेण्डा बोकेर हिडेको आरोप लागेका त्रिवि शिक्षण अस्पतालको हाडजोर्नी विभागका प्रमुख डा गोविन्द केसीको अनशन अर्थहिन सावित भएको छ । १५ पटकको अनशन एउटा सहमति र समझदारीमा टुंगिदै आएकोमा यसपटक केसीको अनशन अर्थहिन बनेको छ ।

निर्वाचनमा पराजित भएर नुनखाएको कुखुरा जस्तो झोक्राएर प्रमुख प्रतिपक्षीको भूमिका समेत राम्रोसँग निर्वाह गर्न नसकेको नेपाली कांग्रेसको एजेण्डा बोकेर हिडेपछि केसीको अनशन अर्थहिन बनेको हो । नेपाल र नेपालीको अहित चाहने र सधैँभरी नेपालको अस्थिरता चाहने माफियाका एजेण्डा समेत केसीले अनशनका नाममा बोकेपछि उनीमाथि ह्वात्तै जन आक्रोश बढेको छ ।  विगतमा उनले पाएको जनसमर्थन करिब शून्यमा झर्ने अवस्थामा पुगेको छ ।

केसीकै अनशनलाई बेचेर राजनीतिक पार्टी बनेको विवेकशील साझा पार्टी समेत फुटेपछि केसीलाई झनै ठूलो झड्का लगेको छ । अघिल्लो अनशनदेखि केसीलाई कांग्रेसले बोक्ने कि विवेकशीलले भन्नेमा दुई पार्टीका नेताहरूबीच आरोप प्रत्यारोप समेत चलेको थियो । विवेकशील साझाले त विज्ञप्ति नै निकालेर केसीलाई कांग्रेसले दुरूपयोग गरेको आरोप लगाएको थियो ।

यसपटक कम्युनिष्टहरू नै सिध्याउछु भनेर इलामबाट अनशनको घोषणा गरेका केसी फेरि त्रिवि शिक्षण अस्पतालमा बिरामी सुत्ने बेडमा आफैँ बसेर अनशनको नाममा रमिता देखाइरहेका छन । आफूले पाएको जिम्मेबारी कहिल्यै कुशलतापूर्वक निर्वाह नगर्ने केसीले आदर्शको पाठ सिकाउन खोज्ने र विभिन्न स्वार्थ समूहको भर्याङ बन्दा विगतमा अनशन बसेर कमाएको सामाजिक ख्याति समेत स्खलित बन्न पुगेको छ ।

विगतमा विभिन्न स्वार्थ समूह मार्फत दबाब सर्जना गराएर सरकारलाई सहमति गराउन बाध्य पार्ने केसी यसपटक चुकेका छन । आज संसद बैठकले केसीको माग विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्दैछ । कुनै चमत्कार भएन भने आज सोमबार १२ बजे बस्ने प्रतिनिधिसभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नेछ।

संसद सचिवालयका महासचिव मनोहर भट्टराइले जारी गरेको सोमबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने विषय समेटिएको छ। उक्त प्रस्ताव गर्नुपूर्व शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची पनि रहेको छ।

संघीय संसदका पदाधिकारीले पनि उक्त विधेयक पारित हुने बताएका छन । उनीहरूले कांग्रेसले संसद बैठकमा अबरोध गरे बहुमतले पारित गर्ने बताएका छन । संसदको सम्भावित कार्यसूची सार्वजनिक भएपछि नेकपा र नेपाली कांग्रेसका केही नेताहरूले पत्रकारहरूसँग छुट्टाछुट्टै बैठक गरी आफ्नो रणनीतिको बारेमा जानकारी गराएका छन ।

प्रकाशित मिति : 21:00