बालबालिकालाई फकाएर याैनधन्दामा लगाउने एक विदेशीसहित दुई नेपाली पक्राउ
६ माघ, काठमाण्डाै । काठमाडाैंकाे एक अपार्टमेन्ट भाडामा लिएर बस्दै अाएका एक विदेशी नेपाली बालबालिकालाई फकाएर यौनधन्दामा लगाएकाे अाराेपमा पक्राउ परेकाछन् । विदेशी नागरिकसंगै अपराधमा संलग्न अन्य दुई नेपाली नागरिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ । अपराधमा संलग्न तीनजनालार्इ प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।
ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर बाल यौन दुराचारमा संलग्न भएको विशेष सूचनाका आधारमा उनलाई काठमाण्डौ रविभवनमा रहेकाे एउटा घरको चौथो तलाबाट शनिबार पक्राउ गरिएकाे हाे । त्यही कोठाबाट तीनजना नेपाली पीडित बालबालिकाको समेत तत्काल उद्धार गरिएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरोले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती अपराधीलाई सार्वजनिक गरेको हाे । आईएआईएन रोबर्ट कोल नाम गरेका ५० वर्षीय ती व्यक्ति रविभवनकै एक अपार्टमेन्ट भाडामा लिएर बस्दै आएका थिए । पक्राउ परेका उनीहरुमाथि बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्धा अनुसन्धान कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति : 20:21









