गाजा र चरेससहित दुई युवक पक्राउ
६ माघ, वीरगञ्ज । वीरगन्जमा गाजा र चरेससहित दुर्इ युवक पक्राउका छन् । पक्राउ पर्नेमा मकवानपुरको कालिटार गाउँपालिका-१ बस्ने १९ वर्षीय महेश योन्जन र काभ्रे वनेपा नगरपालिका-५ बस्ने २४ वर्षीय रामशरण गौतम रहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज आधार कार्यालय बाराबाट खटिएको गस्ती टोलीले पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ मा चेकजाँच गर्ने क्रममा योन्जनलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट लागूऔषध गाजाको धुलो १३१ किलो र चरेश १ किलो फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका -१६ स्थित रजतजयन्ती चोकबाट गौतम पक्राउ परेका हुन् । प्रहरी चौकी इनर्वाको टोलीले उनलाई पक्रेको थियो । गौतमको साथबाट नाइट्राभेट ट्याबलेट १ सय ५ र नाइट्रोसन ४० ट्याब्लेट गरी जम्मा १ सय ४५ पिस फेला परेको थियो । लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 19:13









