राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ३० करोड माथि
२९ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको तुलनामा ४९.५३ प्रतिशत धेरै हो । अघिल्लो आवमा बैंकले २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशतले बढेर १० अर्ब ८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकले १० अर्ब ३ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको संचालन नाफा भने ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख रुपैयाँ कायम भएको छ । यो वर्ष बैंकले १.१४ प्रतिशत मात्रै लाभांश बाँड्न सक्ने सामार्थ्य बनाएको छ । बैंकको वितरणयोग्य मुनाफा ३० कोड ३४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड बढी ऋणात्मक थियो ।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ राखेको छ ।अघिल्लो आवमा ४.२८ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आवमा आइपुग्दा ३.५९ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ छ ।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १२:१६












