२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पाल्पामा कार्यालय सहयोगीका भरमा इलाका प्रशासन कार्यालय चल्दै,  सेवाग्राही गुनासो गर्दै फर्कन्छन्

६ माघ, पाल्पा । पाल्पामा इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीको भरमा चल्दै छ । कार्यालयमा सेवालिन पुगेका सेवा ग्राहि काम नहुँदा गुनासाे गर्दै फर्कन बाध्य छन् । पूर्वी पाल्पावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा हाल कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

कार्यालय सहयोगी माधवप्रसाद न्यौपाने र शेरचन रानाले कार्यालयमा आफूहरूले दर्ता चलानी, , रजिष्टरमा लेख्नेजस्ता सामान्य काम गरी कार्यालय कुरेर बसिरहेको बताउँछन् । कार्यालय प्रमुख नभएपछि मङ्गलबार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर आएका कर्मचारीले नागरिकता, द्रुत पासपोर्ट सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणजस्तो सेवा उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।

कार्यालय सहयोगीसहित आठ कर्मचारीको दरबन्दी भएपनि हाल यस कार्यालयमा दुई कार्यालय सहयोगी र एक सहायक कम्प्युट अपरेटर मात्र छन् । दैनिक पचासको हाराहारीमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल बनेको इलाका प्रशासन कार्यालय कर्मचारी नहुँदा सुनसान बनेको छ ।

प्रकाशित मिति : 15:17