रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते
६ माघ, रामेछाप । रामेछापमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने २० जना घाइते भएका छन् । दुर्घटना मेछापकाे सदरमुकाम मन्थली नजिकै अाज मध्यान्हमा भएको छ । ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए । २० जना घाइते मध्ये गम्भीर ६ जनालाई उपचारका लागि काठमाडौं रेफर भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : 14:43









