२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मुअब्जा माग्ने नुवाकोटका बन्दकर्ता मोटरसाइलमा आगजनी गरेर सडकमा आगो ताप्दै

६ माघ, नुवाकोट । मुअब्जा माग्ने नुवाकोटका बन्दकर्ता मोटरसाइलमा आगजनी गरेर सडकमा आगो तापिरहेका छन । उनीहरूले एउटा मोटरसाइलमा अागजनी गरेर त्यसमाथि टायर समेत राखेर अागो लगाएका छन । नम्बर नखुलेको उक्त मोटरसाइकल कसको हो भन्ने केही खुलेको छैन ।

सरकारले समस्या समाधानका निम्ति पहलकदमी लिइसकेको अवस्थामा काममा ढिलाइ गर्न चाहेको ठेकेदार र सडक आयोजनाको योजनामा बन्द भएको बुझिएको छ । संघर्ष समितिका नाममा बन्द गरेको भए पनि केहीले सरकारले समस्या समाधानका लागि काम अघि बढाउने प्रतिवद्धता जनाइसकेको अवस्थामा बन्द गरिनु गलत भएको बताएका छन ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका- ५ पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितको समूह सडक प्रभावित सरोकार समितिले आफूलाई आयोजनाले मुआब्जा नदिएको जनाउँदै बन्द गरेका हुन । बन्दले नुवाकोट र रसुवाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सार्वजनिक यातायात पूर्णरुपमा ठप्प भएका छन् । बन्दको कारण पासाङ ल्हामु मार्गको त्रिशूली-काठमाडौ, त्रिशूली-वेत्रावति, त्रिशूली-देवीघाट-गल्छी तथा त्रिशूली-छहरे-काठमाडौ सडकमार्गमा यातायातका साधन गुडेका छैनन्।

प्रकाशित मिति : 12:03