सशस्त्र प्रहरीले राैतहटमा लाखौं मूल्यको अवैध सालको काठ बरामद गर्याे
६ माघ,रौतहट । रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले दुई राँगा र टायरगाढा सहित लाखौं मूल्य पर्ने अवैध सालको काठ बरामद गरेको छ । फतुुआ बिजयपुुर नगरपालिका ११ भैंसही नजिकको जंगलमा सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान चार बजे टायर गाढामा लोड गरिराखेको अवस्थामा ५० क्युविफिट अवैध सालको काठ बरामद गरेको हो ।
जंगलबाट अवैधरुपमा काठ कटान गरी लगिरहेको भन्ने सुूचनाको आधारमा सशस्त्र बेस बिजयपुरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिष्णु अधिकारीको नेतृत्वमा गएको गस्ती टोलीको गाडीको प्रकाश हेरेर तस्करहरु भाग्न सफल भएपनि राँगा र टायरगाढा सहितको काठ बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी केदार ढकालले बताए ।
टायरगाडा सहितको तीन लाख मूल्य बराबराको काठ पुुष्पलाल बन उपभोक्ता समितीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरले जनाएको छ ।
प्रकाशित मिति : 11:53









