मुअब्जा माग्दै नुवाकोट बन्द, बन्दका कारण जनजीवन प्रभावित
६ माघ, काठमाडाैँ । नुवाकोटका जनताले मुअब्जा माग्दै अाज नुवाकोट बन्द गरेका छन । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै आइतबार नुवाकोट बन्दको घोषणा गरेका हुन ।
आइतबार विहान ६ बजेदेखि साँझ ४ बजेसम्म नुवाकोट बन्द गरिएको संघर्ष समितिले जनाएको छ । समितिका सदस्यले जनताहरु सुकुमबासी बन्न लागेकोले सरकार र सडक आयोजनालाई घचघचाउन जिल्ला बन्द गरेको बताएका छन । बन्दको समयमा विरामी, प्रेस र अत्याआवश्यक सवारीसाधन बाहेक अन्यलाइ चल्न दिइएको छैन ।

बन्दका कारण नुवाकोटमा सवारी अावागम, विद्यालय लगायत बन्द रहेका छन । त्यस्तै बन्दका कारण रसुवा र काठमाडाैँको सडक सम्पर्क समेत बिच्छेद भएको छ ।
प्रकाशित मिति : 11:17









