१७ पुष २०८२, बिहीबार | Fri Jan 2 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको एमएन अस्पतालमा विशेष छुट

१९ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको,बसुन्धरामा रहेको ‘एमएन अस्पताल’सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १७:०७