१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई एभरेष्ट बैंकको आग्रह

१९ साउन, काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षहरुमा प्रदान गरिएको ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

बैंकले आव २०५५/५६ देखि २०७६/७७ सम्मको लाभांश रकम बुझिलिन बाँकी सेयरधनीको संख्या र जम्मा रकम बारे जानकारी प्रकाशित गरेको छ । जसमा आव २०७६/७७ मा सबैभन्दा बढी ११ हजार ७७१ जना सेयरधनीले लाभांश रकम बुझिलिन बाँकी रहेको छ ।

बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र/डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ११:२६