२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

विश्व हिन्दू आर्थिक मञ्च २०२५ एडिलेडमा शुरु नेपालबाट समेत सहभागी

एडिलेड । विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचइएफ)को अन्तर्राष्ट्रिय सम्मेलन एडिलेडमा शनिवारबाट शुरु भएको छ ।

स्थानिय एडिलेड कन्भेसन सेन्टरमा शुरु भएको सम्मेलनमा नेपालबाट उघोग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशी, हिन्दु इक्नोमिक फोरम नेपाल अध्यक्ष प्रदिप मान वैद्य लगायत १० जना नेपाली व्यवसायीहरुको सहभागिता रहेको छ । भने अष्ट्रेलियामा रहेका सामाजिक अगुवाहरु सहित व्यवसायीहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक तथा पर्यटन मन्त्री जोवेटीसन सहित मन्त्री तथा ससद सदस्यहरुको समेत उपस्थिति रहेको छ ।

आइतवार सम्म संचालन हुने सम्मेलनको मुख्य नारा विकासलाई सशक्त बनाउने आधार – समृद्धि, नवीनता र दिगोपना रहेको छ ।

यस मञ्चको यात्रा २०१२ मा हङकङबाट सुरु भएको थियो । त्यसपछि २०१३ मा बैंकक, २०१४ मा नयाँ दिल्ली, २०१५ मा लस एन्जलस, २०१६ मा लस एन्जलस, २०१८ मा शिकागो, २०१८ मा मुम्बई, २०१९ मा बैंकक र २०२३ मा सफल वार्षिक मञ्चहरू र २०२४ मा मुम्बईमा भएको सबैभन्दा पछिल्लो मञ्चहरू आयोजना भए। थप रूपमा, क्वालालम्पुर, अकल्याण्ड, फिजी, डरबन, केन्या, फ्र्याङ्कफर्ट र डलासमा धेरै क्षेत्रीय आर्थिक मञ्चहरू आयोजना भएका थिए ।

यस बर्षको  सम्मेलनले विशेष रूपमा निम्न लक्ष्य राखेको छ ।

• विश्वव्यापी हिन्दू समुदाय र अष्ट्रेलिया बीच आर्थिक वृद्धिलाई बढावा दिने।

•व्यावसायिक ज्ञान, विशेषज्ञता र स्रोतहरूको साझेदारीलाई सहज बनाउने।

• दिगो अभ्यासहरू र अत्याधुनिक नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने रहेको छ ।

यसैगरी सम्मेलनमा निम्न बिषयमा सम्बोधन गरिने आयोजकहरुले जनाएका छन् ।

• प्रविधि- रक्षा, रोबोटिक्स, अन्तरिक्ष र साइबर

• शिक्षा, सीप, र पर्यटन

• दिगोपन- नवीकरणीय ऊर्जा, वातावरण, र जलवायु

• स्वास्थ्य र चिकित्सा प्रणाली

• घर जग्गामा लगानी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार ०८:५२