१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

अनसनरत विजय थापालाई भेटेपछि युवा विद्यार्थी नेताले गरे जीवन रक्षाको अपिल

५ माघ, काठमाडौँ । नेकपा निकट युवा विद्यार्थी नेताहरुले आमरण अनसनरत विजय थापाको जीवनरक्षाको माग गरेका छन्।उनीहरुले थापाका जायज माग अविलम्ब पूरा गर्न सरकार समक्ष अपिल गरेका छन्।

आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनसनरत विजय थापालाई भेट्न पुगेका युवा विद्यार्थी नेताहरूले सो माग गरेका हुन् । आइसियुमा राखिएका थापालाई भेटेपछि युवा संघ अध्यक्ष रमेश पाैडेलले भने-‘ थापाको अवस्था निकै कमजोर वन्दै गएको छ, उहाँको माग तत्काल पूरा गरि जीवन रक्षा गर्नुपर्छ।’

शनिबार युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल,वरिष्ठ उपाध्यक्ष किरण पौडेल, अखिल(क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत , अनेरास्ववियुका महासचिव ऐन महर, सचिव आरससी लामिछाने लगायतको टोली थापालाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो । अखिल क्रान्तिकारी वरिष्ठ उपाध्यक्ष बस्नेतले चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्न पनि माग गरे ।

प्रकाशित मिति : January 19, 2019 at 3:00 pm