२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेपाली व्यवसायी उद्योगपतिहरुले एडिलेडमा अन्तरक्रिया गर्दै

एडिलेड । अष्ट्रेलियन नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज (ANCCI) अष्ट्रेलियाको आयोजनामा अगष्ट १ शुक्रवार एडिलेडमा नेपाली व्यवसायी अगुवाहरु र यहा रहेका नेपाली मुलका व्यवसायी विच अन्तरक्रिया हुने भएको छ ।

साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका वाणिज्यदुत दिपक धमलाका अनुसार अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्व अध्यक्ष कुश कुमार जोशी, व्यवसायिक प्रदीप मान बैद्य, तथा पूर्व राजदूत प्रा. डा. रमेश कोइराला लगायतको उपस्थिति रहने छ ।

बाणिज्यदुत धमलाका अनुसार दुई राष्ट्रहरूमा रहेका व्यवसायीहरु बीचको सम्बन्ध, सहकार्य र नयाँ अवसरहरूलाई बढावा दिन कार्यक्रम आयोजना गरिएको बताए ।

स्थानिय एभरेष्ट फंसन सेन्टरमा साँझ ५.३० बजेबाट हुने अन्तरक्रियाबाट ज्ञानको आदानप्रदान, रणनीतिक नेटवर्किङ, शिक्षा, पर्यटन, व्यापार, सूचना प्रविधि, कृषि व्यवसाय र अन्य उदीयमान उद्योगहरू जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीको लागि समेत अवसर हुन सक्ने बताईएको छ ।

बाणिज्यदुत धमलाले पछिल्लो समय साउथ अष्ट्रेलियामा नेपाली व्यवसायीहरुको उल्लेख बृद्धि भएकाले यहाको व्यवसायको बारेमा छलफल हुने र नेपालमा लगानी गर्न चाहने वा साझेदारीमा केहि गर्न चाहनेहरुका लागि अगुवा नेपाली व्यवसायीहरुको छलफल महत्वपुर्ण हुने बताए ।

सहभागीहरुले अग्रीम रुपमा आफ्नो सिट सुरक्षित गर्नु पर्ने आयोजक संस्थाले जनाएको छ ।

https://www.eventbrite.com.au/e/connect

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १९:५३