७ मंसिर २०८३, आइतबार | Mon Nov 23 2026

सूर्यज्योति लाइफको सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

https://www.muktinathbank.com.np/online/loan-application

१४ साउन, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको १ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता २३२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाडाैंकाे थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

प्रकाशित मिति : July 30, 2025 at 12:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/