२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

हिमालयन बैंकको एफपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?

९ साउन, काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड मिति तय भएकाे छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बैंककाे एफपीओ साउन १३ गते मंगलबार बाँडफाँड गरिने भएको हाे ।

बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । अन्तिम दिनसम्ममा एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४.४२ गुणाले बढी आवेदन हो ।

एफपीओमा मागभन्दा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् भने ८ लाख ६३ हजार ९१९ जनाको हात खाली हुनेछ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १६:३५