१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

प्रदेश ५ का सांसदले सेवाकालागि खरिदेकाे गाडी  किन फिर्ता गरे ? 

४ माघ, बुटवल । प्रदेश ५ मा विभिन्न सभापातिहरु, दलका नेताहरुका लागि खरिद गरिएको गाडीकाे  अनियमतिताबारे प्रश्न उठ्न थाले पछि  सांसदले गाडी फिर्ता गरेका छन् । प्रदेशसभाका लागि खरिद भएका १३ वटा मध्ये ११ वटा गाडीमा अनियमितता भएको आशंकाले प्रदेशसभाले छानविन उपसमिति गठन गरेर छानविन  शुरु गरेपछि संसदहरूले गाडी फिर्ता गरेका हुन्।

सार्वजिक लेखा समितिका सभापति डिल्ली चौधरीले पुसमा गाडी फिर्ता गरेका थिए भने आज नेपाली काँग्रेस संसदीय दलका नेता वलदेव शर्मा पोखरेलले गाडी फिर्ता गरेका छन् । उनले प्रदेशसभाले उपव्ध गराएको लू १ झ ४४७ नम्बरको गाडी फिर्ता गरेका छन् ।

नेता शर्माले विवादित गाडी चाहिँदैन बरु साइकल चढेर प्रदेश सभा आउँछु भन्दै गाडीको चाबी र बिलबुक प्रदेशसभा सचिवलाई सञ्चारकर्मीहरुको उपस्थितिमा बुझाएका हुन् ।

प्रकाशित मिति : January 18, 2019 at 5:20 pm