२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

दुबै अनशनकारी त्रिवि शिक्षण अस्पतालमा भर्ना, पक्ष विपक्षमा प्रदर्शन भए हिंसात्मक झडपको खतरा

४ माघ, काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा माग राख्दै अनशनमा बसिरहेका डा गोविन्द केसी र विजय थापा दुबै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन । केसी अाइसियुमा र थापा इमेरजन्सीमा भर्ना भएका छन । दुबैको स्वास्थ्य अवस्था कमजोर बनेपछि सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी काठमाडाैँ ल्याएको हो ।

प्रहरी लगाएर दुबै जनालाइ भेट्न रोक लगाइएको छ । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । दुबै अनशनकारीको पक्ष वा विपक्षमा प्रदर्शन भए कुनै पनि बेला हिंसात्मक झडप हुने खतरा समेत देखिएको छ । केसी चिकित्सा शिक्षा विधयेकको बिरोधमा अनशन बसिरहेका छन भने थापा विधेयकको पक्षमा अनशन बसिरहेका छन ।

यो पनि पढ्नुहोस्

–गोविन्द केसीको मागबारे ओलीले भने ‘म संसदलाई निर्देशन दिन सक्दिन तर संसदको निर्देशन मान्छु’

प्रकाशित मिति : 14:34