१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा छूट

६ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौंमा रहेको एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्।

बैंक र उक्त आई केयरबीच भएको सम्झौता अनुसार ग्राहकले उक्त आई केयरबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गरेमा १५ प्रतिशतसम्म छूट पाउनेछन्।

बैंकले ग्राहकले सर्जरी प्रोसिजर्समा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टिगेशन र अप्टिकल/लेन्समा १० प्रतिशत छूटका साथै पहिलो पटक सेवा लिनेलाई ओपीडी र दर्ता शुल्क नै नलाग्ने जनाएको छ।

यो छूट सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित मिति : July 22, 2025 at 11:39 am