१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

स्याङ्जाकी एक बालिकामाथि सामूहिक बलात्कार गर्ने तनहुँका चार युवा पक्राउ

३ माघ, स्याङ्जा । स्याङ्जाकी एक बालिकालाइ बलात्कार गर्ने तनहुँका चार युवा पक्राउ परेका छन ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट गएको प्रहरी टोलीले पीडित किशोरीको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो।

तनहुँका प्रशान्त थापाले बालिकालाई फोन सम्पर्कमार्फत प्रलोभनमा पारि स्याङ्जाको बिरुवा गाउँपालिका –५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर ३ जना साथी बोलाइ मंगलबार राति सामूहिक बलात्कार गरेका थिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ६ वर्षीया बालिकालाइ बलात्कार गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुं शुक्लागण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन्। घटनामा संलग्न चारै जनालाई कारबाही प्रकिया सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : January 17, 2019 at 11:56 pm