२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२५ असार, काठमाडौं । साताको चौंथो कारोबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ। यस दिन बजार २२.०४ अंकले बढेर २७०५.९०को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बरुण हाइड्रोपावरको सेयर मूल्य सर्वाधि बढेको छ । यस दिन कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले बढेको हो । त्यसैगरी पञ्चकन्यामाई हाइड्रोपावरको सेयरमूल्य ४.२८ प्रतिशत, एनआइसी एशिया बैंकको सेयरमूल्य ३.९३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १५:२५